यी भारतीय क्रिकेटरले पनि लिए सन्यास

काठमाडौं । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान एवं आन्ध्र प्रदेशका पूर्वकप्तान वेणुगोपाल रावले क्रिकेटबाट सन्यास लिएका छन् । वेणुगोपालले भारतका लागि १६ वान डे म्याच खेलेका थिए ।

३७ वर्षीय उनले भारतका लागि ३० जूलाई २००५ मा वानेडेमा डेब्यू गरेका थिए । वेणुगोपालको डेब्यू खेल श्रीलंकाविरुद्ध भएको थियो ।  उक्त खेलमा उनले ३८ रन बनाएका थिए ।

भारतका लागि वेणुगोपालले अन्तिम वान डे म्याच २३ मे २००६ मा खेलेका थिए । मध्यक्रमका ब्याटसम्यान उनले १२१ पहिलो श्रेणीमा ४०.९३ को औसतमा ७०८१ रन बनाएका छन् ।

वेणुगोपालले आइपीएल पनि खेलिसकेका छन् । उनले डेक्कन चार्जर्स, दिल्ली डेयरडेभिल्स, सनराइजर्स हैदरावादबाट आइपीएल खेलेका छन् । वेणुगोपालले ८३ टि–२० म्याचमा २३.५५ को औसतमा १३९० रन बनाएका छन् ।

कमेन्ट गर्नुहोस्