‘एपिक नेपाल म्युजिक अवार्ड २०७६’को आवेदन फारम खुल्यो

काठमाडौं, साउन १५ । ‘कला र गला संरक्षण हाम्रो अभियान, अग्रजलाई सम्मान नवलाई प्रोत्साहन’ भन्ने नाराका साथ एपिक नेपाल म्यूजिक प्रा।लि।को आयोजनामा दोस्रो ‘एपिक नेपाल म्युजिक अवार्ड २०७६’ काठमाडौंमा हुने भएको छ ।

अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप, लोकपप र काठे र देउडा समावेश गरिएको आयोजकले जनाएको छ । २०७५ जेठ १ गतेदेखि २०७६ असार मसान्तसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिक प्रा।लिका अध्यक्ष अमन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्डको फाइनल राजधानीमा सम्पन्न गरिने भएको छ । अवार्ड फाईनलको दिन नेपाली गीत संगीत क्षेत्रका वरिष्ठ व्यक्तिलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

साथै, नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । आवेदन फारम एपिक नेपालको कार्यालयमा पाइने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्