बुधबार कहाँ–कहाँ वर्षा हुने सम्भावना छ ?

काठमाडौं, साउन १५ । बुधबार देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको र केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले आज दिउँसो या अपराह्न देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताइन् । उनका अनुसार राति भने पूर्व तथा मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। ‘तर त्यस्तो अविरल किसिमको हुने सम्भावना छैन,’ उनले भनिन् ।’

काठमाडौं उपत्यकामा पनि अहिले आंशिक बदली रहेको मौसमविद् नगरकोटीले बताइन् । अपराह्नतिर यहाँ पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उनले बताइन् । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा धेरै दक्षिण भारतमा रहेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय भएको महाशाखाले जनाएको छ।

आगामी तीन दिनसम्म देशका केही स्थानमा मेघ गर्जनसहित तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशहाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।

महाशाखाले बुधबार बिहान जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान–

साउन १५ गते बुधबार

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जनसहित वर्षा हुने सम्भावना छ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने सम्भावना छ ।देशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन १६ गते बिहीबार

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।
रातिः देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुने सम्भावना छ।

साउन १७ गते शुक्रबार

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
रातिः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । देशको पूर्वी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्