विराट काेहली नयाँ कीर्तिमान नजिक, होला त पूरा?

काठमाडौं, साउन १५ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अर्को नयाँ कीर्तिमान रच्ने सम्भावना बढेको छ । यदि वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज २–० ले जितेमा विराटले नयाँ कीर्तिमान बनाउने भएका हुन् । वेस्ट इन्डिजसँगको टेस्ट सिरिज भारतले जितेमा विराट सबैभन्दा बढी ‘टेस्ट सिरिज’ जिताउने कप्तान बन्ने छन् । यो सिरिज जिते उनको नेतृत्वले २८ टेस्ट खेल जितेको कीर्तिमान बनाउने छन् ।

याे पनि पढ्नुस  टेस्ट वरियताः शीर्ष स्थानमा कायमै स्मिथ, निकै पछि परे विराट

हालसम्म भारतका लागि सबैभन्दा बढी टेस्ट सिरिज महेन्द्रसिंह धोनीले जिताएका छन् । उनले ६० टेस्ट म्याचमा सर्बाधिक २७ म्याच जिताएका हुन् । विराटले ४६ म्याचमा २६ खेल जिताएका छन् । यदि विराटले वेस्टइन्डिजसँगको सिरिज ‘क्लि स्विप’ गरे भारतका लागि सर्बाधिक टेस्ट म्याच जिताउने कप्तानको कीर्तिमान बनाउने छन् ।

याे पनि पढ्नुस  अन्ततः धोनी सिरिजबाट आउट, दक्षिण अफ्रिकाविरुद्ध को–कोले पाए मौका?

टेस्ट क्रिकेटमा हालसम्मका सफल कप्तान
महेन्द्रसिंह धोनी– ६० टेस्ट म्याचमा २७ जीत
विराट कोहली– ४६ टेस्ट म्याचमा २६ मा जीत
सौरव गांगुली– ४९ टेस्ट म्याचमा २१ मा जीत

यस्तै, वान डे र टेस्ट वरियतामा शीर्ष स्थानमा रहेको विराटले वेस्ट इन्डिजविरुद्ध ८८ रन बनाउने वित्तिकै अर्को कीर्तिमान बनाउने छन् । विराटले ८८ रन पूरा गरेसँगै वेस्ट इन्डिजविरुद्ध २ हजार रन पूरा गर्ने उनी पहिलो क्रिकेटर बन्ने छन् । हालसम्म वेस्ट इन्डिजविरुद्ध २ हजार रन कुनै पनि खेलाडीले बनाएका छैनन् ।

याे पनि पढ्नुस  आइसीसी टेस्ट वरियताः विराटलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिए स्मिथ

कमेन्ट गर्नुहोस्