योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, सपथ ४ बजे

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

नेकपा स्थायी समिति सदस्यभट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन्।

ताप्लेजुङमागत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामारवीन्द्र अधिकारीकोमृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

कमेन्ट गर्नुहोस्