ब्लड क्यान्सर पीडित खत्रीलाई ‘पाँचथर सेवा समाज कतार’ द्वारा एक लाख सहयोग

दोहा, साउन १५ । पाँचथर सेवा समाज शाखा दोहा, कतारले ब्लड क्यान्सर पीडित भुवन सिह खत्रीलाई नगद एक लाख सहयोग गरेको छ । झापाको दमकमा मंगलबार एक कार्यक्रमकाबीच ब्लड क्यान्सरबाट पीडित भएर एक बर्षदेखि उपचाररत समाजका पूर्व कार्यसमिती सदस्य रबिन खत्रीका बुबालाई नगद प्रदान गरिएको हो ।

याे पनि पढ्नुस  ब्लड क्यान्सर पीडित देवबहादुरद्वारा सहयोगको अपिल

पाँचथरको साबिक मौवा गा.बि.स वडा नं.७ घर भएर हाल दमक नगरपालिका–३ दुम्से स्थाई बसोबास गर्दै आएका खत्रीको उपचारमा सहयोग पुर्‍याउने उदेश्यले भुवन सिह बचाउ अभियान दोहा कतारका संयोजक छविरमण कटुवालको संयोजकत्वमा गठित समितिको पहलमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।

याे पनि पढ्नुस  ब्लड क्यान्सर पीडित देवबहादुरद्वारा सहयोगको अपिल

पाँचथर सेवा समाज शाखा झापाका अध्यक्ष मदनकुमार बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संबिधान सभाका सदस्य आइन्द्र सुन्दर नेम्वाङ, प्रदेश नम्बर १ सासद अर्जुन राई, पाँचथर सेवा समाजका संस्थापक अध्यक्ष छविलाल बिश्वकर्मा, भुवन सिह बचाउ अभियान दोहा कतारका संयोजक,पाँचथर सेवा समाज शाखा दोहा कतारका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार छबिरमण कटुवालको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन पाँचथर सेवा समाज झापा शाखाका सचिव हरि ‘ज्वाला’ घिमिरेले गरेका थिए ।

याे पनि पढ्नुस  ब्लड क्यान्सर पीडित देवबहादुरद्वारा सहयोगको अपिल

कमेन्ट गर्नुहोस्