सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

लहान, साउन १५ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा गएराति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  झरनाबाट खस्दा सैनिक श्रेष्ठको मृत्यु

दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्