कञ्चनपुरमा धम्की दिएर छिमेकी महिलामाथि बलात्कार

कञ्चनपुर, साउन १५ । जिल्लाको बेलडाँडी गाउपालिका–२ की एक २४ बर्षिया महिलाले आफूलाई एक युवकले डराएर, धम्काई पटक–पटक बलात्कार गरेको आरोप लगाई आज बेलडाँडी प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । ती महिलाले सोही छिमेकमा बस्ने ३५ वर्षीय गणेश रावलले आफुलाई बैशाखदेखि ३ दिन पहिलासम्म जबरजस्ती करणी गरेको प्रहरीलाई बयान दिएकी छिन् ।

आफू, श्रीमानलाई र आफ्ना बाल बच्चालाई ज्यान मारिदिन्छु भन्ने पटक–पटक धम्की दिँदै यौन शोषण गर्ने गरेको आरोप महिला र उनका श्रीमानले लागाएका छन् ।

पीडित महिलाका श्रीमानले भने आफू बालबच्चा पढाउनका लागि भारत भएको बेला श्रीमतिलाई बलात्कार गर्ने गरेको कुरा श्रीमतिले भनेपछि मात्र थाह पाएको बताएका छन् ।

प्रहरीले आरोपीलाई प्रकाउका लागि खोज्दा आरोपी फरार भएको बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश दत्त भट्टले जानकारी गराए । उजुरीको आधारमा आफूले मेडिकलका लागि पीडित महिलालाई महेन्द्रनगर पठाएको प्रहरी नायब निरीक्षक भट्टले जानकारी गराए ।

कमेन्ट गर्नुहोस्