पुरुष तथा महिलामा गुप्त अंग वरिपरि चिलाउने आम समस्या देखिएको हुन्छ । कतिपय अवस्थामा त यो समस्या निकै तनावपूर्ण नै हुन्छ ।
पुरुषको लिंग, अण्डकोष तथा महिलाको योनी निकै संवेदनशील अंग हुन । यी संवेदनशील कोमल अंगमा किन चिलाउने रोग लाग्छ त ?
गुप्ताङ्गमा चिलाउनुका कैयन कारण रहेका छन् । संक्रमण, छालासम्बन्धी बिरामी, मासिकश्राव बन्द हुन, खटिरा आउनु जस्ता कैयन कारण हुन सक्छन् ।
समस्या के हुन्छ भने यो भागमा चिलाएपछि कन्याउन थाल्दा झन कन्याउन मन लाग्ने र त्यसले घाउ बनाउने सम्भावना बढेर जान्छ ।
यदि तपाईलाई यस्तो समस्या छ भने तपाईले तत्कालै छालारोग विशेषज्ञ या यौनरोग विशेषज्ञलाई भेटनु पर्ने हुन्छ । तर यो सम्भव नभएको अवस्थामा तल उल्लेख गरिएका घरेलु उपाय अपनाएर पनि यो समस्याबाट मुक्ति पाउन सकिनछ ।
के के छन त उपायहरु ?
१. रोजमेरीका पातः
रोजमेरीका पातमा कैयन औषधीय गुण रहेका हुन्छन् । चिलाउने समस्यामा रोजमिरिको पातलाई २० मिनेटसम्म पानीमा उमाल्नुस र चिसो हुन दिनुस् । अब यो पानीले गुप्तांग धुनुस । यसबाट निकै राहत मिल्नेछ ।
एप्पल साइडर भेनेगरमा एन्टि ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छन । यसका लागि दुई चम्मच भेनेगरलाई एउटा पानीको गिलासमा मिसाउनुस र यसलाई सधै पिउनुस अथवा एक चम्मच भेनेगरलाई १ कप तातो पानीमा मिसाएर यसले गुप्तांग पखाल्नुस् ।
तुलसीमा एन्टी माक्रोबेयल, एन्टि ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ । केही तुलसीमा पात टिपेर २० मिनेटसम्म उमाल्नुस । यसलाई चिसो भएपछि पिउने गर्नुस
बोरिक एसिडले जस्तोसुकै संक्रमण पनि निको पार्न सकिन्छ । एउटा चम्मचमा एकचौथाई जति बोरिक एसिड लिएर एक कप पानीमा मिसाउनुस र गुप्तांग धुने गर्नुस ।
चियाको रुखको तेलका ५–५ थोपा नुहाउने पानीमा मिसाउनुस र शरीर पखाल्नुस । यसैगरी यो तेलका केही थोपा एलोभेरा जेलमा मिसाएर आफ्नो गुप्तांगमा राम्रोसँग लगाएर केही छिन सुख्न दिनुस् । सुखेपछि यसलाई सफा पानीले सफा गर्नुस
केमोमाईल चिया निकै चिसो हुन्छ । यसको प्रयोगले खुजली, जलन, चिलाउने र अरु कुनै पनि प्रकारको सुन्निएको अवस्थामा आराम पाइन्छ । यसका लागि १ चम्मच केमोमाइल चिया लिनुस र ५ मिनेट उमालेर छान्नुस । अब यसमा ३ थोपा टी ट्री तेल मिसाउनुस । यो चिसो भएपछि दिनमा दुईपटक गुप्तांग सफा गर्नुस
यदि तपाईको छाला सुक्खा छ भने गुप्तांगमा नारियलको तेल लगाउनुस । यसबाट तपाईको छाला नरम हुने छ । यसका साथै ३ चम्मच नारियलको तेलमा ६ कप पानी मिलाएर हरेक गुप्तांग धुनुस ।
समुन्द्री नूनमा कुनै पनि प्रकारका फंगल इन्फेक्सन ठीक गर्ने तत्व हुन्छ । यसले एकचोटीको समस्या फेरी आउन पनि दिँदैन । १ चम्मच नूनलाई २ कप पानीमा मिसाउनुस् र यो पानीले हरेक दिन गुप्तांग धुनुस ।
नीमका पातमा सबैप्रकारका औषधीय गुण पाइन्छन् । केही नीमका पातहरुलाई नुहाउने पानीमा मिसाउनुस । अथवा तपाईले ५ मिनेटसम्म नीमका पात पकाएर त्यसको झोल छानेर पनि पानीमा मिसाउन सक्नुहुन्छ । यो पानीले नियमितरुपमा गुप्तांग धुने गर्नुस
१०. लसुन
लसुनमा पाइने गुणले चिलाउने समस्या हराउँछ । लहसुनलाई पिसेर त्यसमा भिटामीन इको तेलका केही थोपा मिसाएर गुप्तांगमा लगाउने गर्नुस् र सुखेपछि धुने गर्नुस