योगेश भट्टराईद्वारा पर्यटनमन्त्रीको सपथग्रहण

काठमाडौं, साउन १५ । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।

याे पनि पढ्नुस  यस्तो छ पारसको नाम लिँदै मन्त्री भट्टराईमाथि दुर्व्यवहार भएको एयरपोर्ट घटनाको वास्तविकता

गत १५ फागुनमा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्