वान डे सिरिजः श्रीलंकाले दियो बंगलादेशलाई २९५ रनको लक्ष्य

काठमाडौं, साउन १५ । बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकाले २९५ रनको लक्ष्य दिएको छ । कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो । उसका लागि एन्जेलो म्याथ्यूजले उत्कृष्ट प्रदर्शन गरे । उनले ८ चौका र १ छक्काको मद्दतमा ९० बलमा ८७ रन बनाए ।

सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । म्याथ्यूजले पहिलो खेलमा ४८ रनको योगदान दिएका थिए । यस्तै कुसल मेन्डिसले ५४, कप्तान दिमुथ करुणारत्नले ४६, कुसल परेराले ४२, दसुन शानकाले ३०, अभिश्का फर्नान्डोले ६ रन बनाए ।

बलिङमा बंगलादेशका सौम्य सरकार, शाफिउल इश्लामले ३–३, रुबेल हुसैन र तजीउल इश्लामले एक–एक विकेट लिए । तीन खेलको सिरिज श्रीलंकाले एक खेल अघिनै जितीसकेको छ ।

यो पनि पढ्नुहोस्
बंगलादेशविरुद्ध म्याथ्यूजको लगातार दोस्रो अर्धशतक

कमेन्ट गर्नुहोस्