Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राप्ती प्रकरणबारे जेडिसिको आकस्मिक वैठक, सरकोरवालासँग गर्यो छलफल

काठमाडौंः  नेपाल चिकित्सक संघ जुनियर डाक्टर समितिले राप्ती विज्ञान प्रतिस्थानमा चलिरहेको समस्या समाधानका लागि ५ सदस्य कार्यदल बनाउनुका साथै आकस्मिक वैठक सम्पन्न गरेको छ ।

उक्त कार्यदलले राप्ती प्रतिष्ठानका चिकित्सकसँग बिभिन्न माध्यमबाट छलफल गरेको र प्रारम्भिक प्रतिवेदन एनएमएलाई वुझाएर एनएमको ध्यानाकर्षण गराएको कार्यदलका संयोजक डा. निर्देश पोख्रेलले जानकारी दिए ।

सो कार्यदलमा डा. रबिन बस्नेत, डा. बिनय काफ्ले, डा. कपिल गौतम र डा. कृष्णा राना रहेका छन् ।

सो लगत्तै जुनियर डाक्टर कमिटीले नेपाल चिकित्सक संघसँग पनि बैठक राखेको थियो । उक्त बैठकले आज स्वास्थ्य मन्त्रालयमा सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।

राप्ती बिज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार त्यस प्रतिस्थानमा नहुने केहि जाँचहरु त्यहाँका चिकित्सकले बाहिर पठाउँदा उपकुलपतिले प्रतिष्ठानका चिकित्सकलाई मानसिक तनाव दिन खोजेकोले  अहिलेको अवस्था उत्पन्न भएको हो ।

उक्त जाँच प्रतिष्ठानमै उपलब्ध भए आफूहरुले त्यो जाँच बाहिर पठाउँन कुनै रहर नरेहेको एक चिकित्सकले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: