ट्रकले ठक्कर दिँदा दुई युवाको मृत्यु

काठमाडौं, साउन १६ । मकवानपुरको हेटौँडामा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। हेटौँडाको बसामाडीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो।

बुधबार साँझ भएको दुर्घटनामा उनीहरु गम्भीर घाइते भएका थिए। उपचारको क्रममा बुधबार राति नै उनीहरुको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नंको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १५०० नंको ट्रक महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा एकापसमा ठोक्किएका हुन्।

सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज तथा सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्