फिफा वर्ष खेलाडी मनोनयनः को–को छन् मुख्य दाबेदार?

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार फिफा वर्ष खेलाडीको मनोनयन सार्वजानिक गरेको छ। फिफाले वर्ष खेलाडीका लागि शिर्ष १० खेलाडीको नाम सार्वजानिक गर्दा सदावाहार नायकको छवि बनाएका अर्जेन्टिनी स्टार लियोनेल मेसी र क्रिश्टियानो रोनाल्डोले स्थान बनाउँदा इंग्लिस क्लब लिभरपुल सर्वाधिक धेरै तीन खेलाडीलाई शिर्ष १० भित्र पार्न सफल भएको छ।

यता प्रिमियर लिग च्याम्पियन सिटीका भने कुनैपनि खेलाडी फिफा वर्ष खेलाडीको शिर्ष दशमा अटाउन सकेनन्। त्यस्तै फिफाले महिला तथा पुरुष प्रशिक्षकका लागि मनोनयन सार्वजनिक गरेको छ। वर्षको उत्कृष्ट पुरुष खेलाडीमा लिभरपुलका सर्वाधिक ३ खेलाडी सेनेगलका फरवार्ड साडियो माने, इजिप्टका कप्तान मोहम्मद सलाह र नेदरल्यान्ड्सका कप्तान भर्जिन भान डाइक उत्कृष्ट खेलाडी मनोनयनमा पर्न सफल भएका छन् ।

त्यस्तै आयाक्सका डच स्टारद्वय फ्रेन्की डि योङ र म्याथिस डि लाइट रहेका छन्। जारी ट्रान्सफर मार्केटमा डि योङ मेसीको बार्सामा अनुबन्ध भएका छन् भने डि लाइटले रोनाल्डोको युभेन्टसलाई रोजेका छन्। यस्तै, इंग्ल्यान्ड तथा टोटेनह्यामका कप्तान ह्यारी केन, रियल मड्रिडमा अनुबन्धित बेल्जियमका कप्तान इडेन हजार्ड र पिएसजीका फ्रेन्च स्टार किलियन एमबाप्पे पनि मनोनित भएका छन्।

फिफाको अन्तिम १० को लिस्टमा देशका रुपमा नेदरल्यान्ड्स सर्वाधिक सफल देखिएको छ। भान डाइक, डि योङ र डि लाइटगरि नेदरल्यान्ड्सका ३ खेलाडीले शीर्ष १० मा रहँदा क्लबमा लिभरपुल अघि छ।

यस्तो छ मनोनयन

वर्षका उत्कृष्ट पुरुष खेलाडी

१. क्रिस्टियानो रोनाल्डो– पोर्चुगल
२. लियोनल मेसी – अर्जेन्टिना
३. फ्रेङ्की डि योङ – नेदरल्यान्ड्स
४. म्याथिस डि लाइट –नेदरल्यान्ड्स
५. भिर्गिल भान डाइक – नेदरल्यान्ड्स
६. इडेन हजार्ड–बेल्जियम
७. किलियन एम्बाप्पे –फ्रान्स
८. मोहम्मद सलाह – इजिप्ट
९. साडियो माने –सेनेगल

वर्षका उत्कृष्ट महिला खेलाडी
१. क्यारोलिन ग्राहम हानसेन – नर्वे
२. एडा हेगरबर्ग -नर्वे
३. अमान्डीन हेनरी-फ्रान्स
४. साम केर -अष्ट्रेलिया
५. रोज लाभेल्ले- अमेरिका
६. एलेक्स मोर्गन- अमेरिका
७. मेगान रेपिनो-अमेरिका
८. विन्डी रेनार्ड-फ्रान्स
९. एलेन ह्वाइट- इंग्ल्यान्ड
१०. भिभिएन मिडेमा- नेदरल्यान्ड्स

वर्षका उत्कृष्ट पुरुष प्रशिक्षक

१. जामेल बेल्माडि- अल्जेरिया
२. डिडिएर डेसच्याम्प्स .- फ्रान्स
३.मार्सेलो गालार्डो -रिभर प्लेट
४. रिकार्डो गारेचा-पेरु
५. पेप ग्वार्डिओला- म्यानचेस्टर सिटी
६. योर्गेन क्लोप-लिभरपुल
७. माउरिसियो पोचेटिनो- टोटेनह्याम
८. फर्नान्डो सान्तोस-पोर्चुगल
९. एरिक टेन ह्याग- आयाक्स
१०. टिटे- ब्राजिल

वर्षको उत्कृष्ट महिला प्रशिक्षक

१. मिलेना बर्टोलिनि- इटाली
२. जिल एलिस- अमेरिका
३. पिटर जेरहार्डसन- स्विडेन
४. फुतोशी इकेडा- जापान यु–२०
५. एन्टोनिया इस- स्पेन यु–१७
६. जोए मोन्टेमुरो- आर्सनल
७. फिल नेभिल- इंग्ल्यान्ड
८. रेनाल्ड पेड्रोस- लियोन
९. पल राइलि- नर्थ क्यारोलिना करेज
१०. सरिना विगम्यान.नेदरल्यान्ड्स

कमेन्ट गर्नुहोस्