मन्त्री भएको भोलीपल्ट एकाबिहानै पेरिसडाँडा पुगे योगेश भट्टराई

काठमाडौं, साउन १६ । बुधबार पर्यटन मन्त्री नियुक्त भएका नेकपा नेता योगेश भट्टराई बिहिबार बिहानै पेरिस डाँडा पुगेका छन् । भट्टराईले बुधबार अपरान्ह ४ बजे मन्त्रीपदको शपथ लिएका थिए । बिहिबार बिहान भने मन्त्री भट्टराई पेरिसडाँडामा रहेको शहीद स्मारकमा शहीद तथा वेपत्ता नागरिकको स्मारकमा माल्यार्पण गर्न पुगेका हुन ।

परिवर्तनका लागि ज्यानको आहुती दिने शहीद तथा वेपत्ता नागरिकको सपना पुरा गर्न आफू सधै लागिपर्ने मन्त्री भट्टराईले बताए । मन्त्री भट्टराईको सरकार प्रवेशले राजनीतिक वृत्तमा सकारात्मक सन्देश दिएको छ ।

 

कमेन्ट गर्नुहोस्