नागढुङ्गाबाट पेटीमा बाँधेको सुनसहित एक जना पक्राउ

काठमाडौं, साउन १६ । नागढुङ्गाबाट एक किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई पक्राउ गरेको हो ।

बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेका उनलाई बुधबार साँझ नागढुङ्गामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनले कम्मरमा पेटीले बाँधेर सुन ल्याएको जनाइएको छ ।

याे पनि पढ्नुस  कर्णाली किनारामा बालुवा धोएर सुन

थानकोट वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भने, ‘एक जना पक्राउ परेका छन्, उनको साथबाट बरामद भएको वस्तु नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ ।’ सुन केरुङ नाका हुँदै काठमाडौं भित्र्याएको अनुमान छ । तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  माछापोखरीबाट २ पेस्तोल, ४ राउन्ड गोलीसहित ७ जना पक्राउ

कमेन्ट गर्नुहोस्