बिस्तारै चौका, छक्का हान्छु– मन्त्री भट्टराई

काठमाडौं, साउन १६ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले नेपाल एयरलाइन्स र नागरिक उड्डयनमा गुणात्मक सुधार आफ्नो प्राथमिकता भएको बताएका छन् ।

पेरिसडाँडामा रहेको शहीद स्तम्भमा माल्यार्पणपछि मिडियासँग कुरा गर्दै मन्त्री भट्टराईले नागरिक उड्डयनका क्षेत्रमा सबैसँग हातेमालो गरेर सुधार गर्ने बताए ।

“भर्खर व्याटिङ गर्न फिल्डमा आएको अब छक्का चौका हान्नु पर्छ ।” उनले भने, “यसमा सबैको सहयोगको अपेक्षा गरेको छु ।”

नेपाल एयरलाइन्स र नागरिक उड्डयनका क्षेत्रमा कैयन समस्या रहेको बताउँदै उनले एयरलाइन्सको साख माथि उठाउने बताए । “‘नेपाल एयरलाइन्सको साख माथि उठाउँछौँ । ‘आन्तरिक विमानस्थल विस्तार, निर्माणमा लाग्छौँ। सहयोगीहरुसँग हातेमालो गरेर अघि बढ्छौँ ।” उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्