ग्लोबल टि–२० लिगः सोमपाल र शाहिद अफ्रिदिको टिम भिड्दै

काठमाडौं, साउन १६ । क्यानडामा जारी ग्लोबल टि–२० लिगअन्तर्गत नेपाली क्रिकेटर सोमपाल कामीआवद्ध विनिपेग हक्सले आज ब्रम्पटन उल्भ्सविरुद्ध खेल्दै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुँदैछ ।

सोममालआवद्ध पिनिपेगले ३ खेलमा एकमा हार र २ खेलमा जीत हासिल गरेको छ । यता ब्रम्पटनले २ खेलमा २ खेलमै जीत निकालेको छ । विनिपेग र ब्रम्पटनबीचको खेल भारतीय च्यानल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ ।

ब्रम्पटनमा कोलिन मुनरो (कप्तान), शाहिद अफ्रिदि, वाहब रियाज, इश सोधी, शाकिव अल हसन, लेन्डल सिमन्स, रोहन मुस्तफा, आन्द्रे फ्लेचर, बाबर हायात जस्ता स्टार खेलाडी छन् ।

आईसीसी टि–२० विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोट खेल्न सिंगापुर गएकाले सुरुवातका ३ खेल गुमाइसकेका सोमपालले आज प्लेइङ ११ मा मौका पाउन सक्ने छन् । तर उनको टिमले पछिल्ला २ खेलमा लगातार जीत हासिल गरेकाले प्लेइङ ११ अटाउन सोमपाललाई चुनौती भने कायमै छ ।

सोमपालआवद्ध पूर्ण टिमः रायद इमरित (कप्तान), डिजे ब्रावो, जेपी डुमीनि, क्रिस लिन, उमर अकमल, ड्यान स्मिथ, पउल भान मीकेरेन, नजिबुल्लाह जर्दान, सोमपाल कामी, उमिर घानी, सन्नी सोहल, शाहिमन अनवार, रायद इमरित, वरुण सेदेव, रमीज सहजाद, कलिम सना, हम्जा तरिक र रोमीस इरंगा ।

कमेन्ट गर्नुहोस्