तोलामा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, साउन १६ । साताको पाँचौं दिन बिहीबार बजारमा सुनको भाऊ दुई सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बुधबार तेजावी सुनको मूल्य ६४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेरप्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

बिहीबार चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्