ज्वाइँद्वारा सासू बलात्कृत

सल्यान, साउन १६ । ५२ वर्षीया दिदी सासूलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय एक युवक पक्राउ परेका छन् । कपुरकोट गाउँपालिका–५ रीम निवासी बोल्न नसक्ने सासूलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाइँ नाता पर्ने युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए।

याे पनि पढ्नुस  किशोरी बलात्कार आरोपमा इन्जिनियर पक्राउ

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी यी महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ।

कमेन्ट गर्नुहोस्