Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकै ओभरमा ६ छक्का दिने क्रिकेटरको निधन

एजेन्सी । इंग्ल्याण्डका पूर्व क्रिकेटर मालकोल्म नाशको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार लण्डनमा निधन भएको हो । मालकोल्म अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा ६ छक्का खर्चिने क्रिकेटका नामले परिचित छन् ।

काउन्टी क्रिकेटमा उनको एक ओभरमा वेस्ट इन्डिजका महान् ब्याट्सम्यान गैरी सोबर्सले ६ छक्का लगाएका थिए ।

नाशको एक ओभरमा गैरीले १९६८ मा ६ छक्का प्रहार गरेका थिए । १९६६ देखि १९८३ सम्म नाशले ३३६ पहिलो श्रेणीको म्याच खेलेका थिए । जसमा उनले ९९३ विकेट लिएका थिए । यस्तै नाशले ९९१ विकेट ग्लमार्गन टिमका लागि लिएका थिए ।

यो पनि पढ्नुहोस्
आज सोमपालले खेल्न पाउने सम्भावना कति?

कमेन्ट गर्नुहोस्

%d bloggers like this: