Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाली क्रिकेट खेललाइ विश्वसामु उत्कृष्ट बनाउँछु : बाल खेलाडी आर्यनजंग क्षेत्री

काठमाडौं, साउन १६ । नाइटिङ्गेल विद्यालय कक्षा ९ मा अध्यनरतमा १२ बर्षीय बाल खेलाडी आर्यनजंग क्षेत्री नेपाली क्रिकेट खेल प्रेमीहरुको लागि नौलो नाम होइन ।

२०६४ सालमा ललितपुर धोवीघाटमा जन्मेका उनी बिगत ५ वर्षदेखि क्रिकेट खेलमा सक्रिय छन् । इन्टर स्कुल प्रतियोगितादेखि राष्ट्रिय, अन्तरराष्ट्रिय प्रतियोगितामा समेत प्रतिस्पर्धा गरिसकेका उनी भविष्यका एक उज्ज्वल नक्षत्रका रुपमा दिन प्रतिदिन उदाउँदै गएका छन् ।

काठमाडौँ क्रिकेट ट्रेनीङ सेन्टरमा क्रिकेट प्रशिक्षण लिईरहेका आर्यन अल–राउण्डर खेलाडीको रुपमा परिचित छन । आमा रन्जना खड्काको प्रेरणाले गर्दा सानै उमेरदेखि नेपाली क्रिकेट खेललाइ नयाँ आयाम थप्न सफल बाल खेलाडी आर्यनजंग छेत्री पढाइमा समेत अब्बल छन् । फुर्सदको बेला गितार बजाउन मन पराउने उनि भबिष्यमा राष्ट्रको नाम उच्च बनाउन चाहन्छन ।

विभिन्न खेलमा म्यान अफ द म्याचको उपाधि समेत जित्न सफल आर्यन जंग क्षेत्रिले धेरै खेलहरुमा आफ्नो टिमलाइ जिताउन सफल भएका छन् । नेपालमा मात्र नभएर इण्डियामा समेत गएर नेपाली टिमको नाम उच्च बनाउन सफल उनले बेस्ट प्लेयर, म्यान अफ द म्याच समेत जित्न सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: