फेरि पनि रवि शास्त्री नै भारतीय क्रिकेट कोच बन्ने सम्भावना

नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले नयाँ कोच नियुक्त गर्न कपिलदेवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेपनि वर्तमान कोच रवि शास्त्रीकै म्याद थप हुनसक्ने बताइएको छ ।

कोचका लागि बिभिन्न व्यक्तिले आवेदन दिएको भएपनि समितिलाई नै हितगत सरोकारलगायतका विवादमा मुछ्न थालिएपछि अहिलेकै कोच रवि शास्त्रीको म्याद फेरी दुई वर्ष थप्ने सम्भावना भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो पनिः अष्ट्रेलियाको खराब सुरुवात, २ रनमै आउट वार्नर

भारतीय क्रिकेट टीमलाई अहिलेदेखि २०२१ सम्म दुई वटा टी २० च्याम्पियनसीपमा भाग लिनुपर्नेछ । यसअन्तर्गत वेष्ट इण्डिजको भ्रमणसँगै टेष्ट च्याम्पियनसीपको सुरुआत भइसकेोक छ । त्यसपछि २०२० देखि आइसिसी वान डे च्याम्पियनसीपको शुरुआत हुने छ । यस्तो अवस्थामा रवि शास्त्रीलाई नै टीम इण्डियाका लागि आगामी रणनीति तय गर्नेगरी पुनः जिम्मेवारी दिन सकिने नवभारत टाइम्सले जनाएको छ ।

यो पनिः एकै ओभरमा ६ छक्का दिने क्रिकेटरको निधन

कोच रवि शास्त्रीको प्रशिक्षणमा भारतीय टीमको विजय प्रतिशत ७० रहेको छ । यस अन्तर्गत भारतले अष्ट्रेलियामा टेष्ट सिरिजसहित एशिया कपमा २ पुरस्कार, विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।

अर्कोतर्फ अहिलेको भारतीय क्रिकेट टीमले समेत रवि शास्त्रीलाई नै मन पराएको देखिन्छ । कप्तान बिराट कोहलीले वेष्ट इएण्डिज जानु अघि शास्त्री कोच भएमा आफू खुसी हुने बयान नै दिएका थिए । वर्ष २०१७ मा पनि शास्त्री बिराटकै मनपर्ने कोच थिए ।

गत मंगलबारका दिन प्रशिक्षकका लागि निवेदन दिने म्याद समाप्त भएको छ । यो लिष्टमा सबैभन्दा चर्चामा अष्ट्रेलियाका कोच टम मुडीको रहेका छ । उनले २००७ मा अन्तिमपटक राष्ट्रिय टीमको प्रशिक्षण गरेका थिए । त्यसपछि भने लामो समयसम्म उनी अन्य क्लब समूह टीमसँग जोडिएका छन् ।

अनुमान के छ भने यदि शास्त्रीको कार्यकाल थपिएन भने भरत अरुण नयाँ कोच हुने सम्भावना बलियो छ । उनकै रेखदेखमा विगत दुई वर्षयता टिम इण्डियाको बलिङ विश्वस्तरमा नै पहिला भन्दा सुध्रिएको छ ।

केही सूत्रहरुले भने कोच बनिसकेका व्यक्ति भन्दा नयाँ व्यक्तिको खोजीमा समिति लागेको छ । यदि यसो नभएमा शास्त्रीलाई नै दुई वर्ष थप गर्न सकिने सम्भावना समेत देखिएको हो ।

यो पनि पढ्नुहोस्
आज सोमपालले खेल्न पाउने सम्भावना कति?

कमेन्ट गर्नुहोस्