तेलको मूल्यमा ठूलो कटौती हुने, अमेरिकी केन्द्रीय बैंकले गर्यो यस्तो निर्णय

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बको निर्णयका कारण कच्चा तेलको मूल्य निकै खस्केको छ ।

अन्तराष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्यमा बिहिबार एक प्रतिशत कमी आएको हो । अन्तर्राष्ट्रिय बजारबाट प्राप्त कमजोर संकेतहरुबाट भारतीय घरेलु बजारमा समेत कच्चा तेलको मूल्य ४ हजार पैयाँ प्रति ब्यारल कम भएको छ । नेपालमा भने आयल निगमले समायोजनाको घोषणा गरेको छैन ।

याे पनि पढ्नुस  एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु घातकः डा. ओममूर्ति

योसँगै तत्काल पेट्रोल र डिजेलको मूल्य बढ्ने सम्भावना बन्द भएको छ ।

कमोडिटी बजार विश्लेषकहरुका अनुसार, बैंकको निर्णयका कारण लगानीकर्ताको मनोबल टुटेको हो । अमेरिका र चीन व्यापारिक वार्ता समेत नतिजाविहिन भएका कारण कच्चा तेलको मागमा सुस्तता आउने सम्भावना अझै कायमै छ । अमेरिकी बैंकले ब्याज दरमा २५ आधार अंकको कटौती गरेको थियो ।

याे पनि पढ्नुस  एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु घातकः डा. ओममूर्ति

पछिल्लो अवस्था हेर्दा आउने दिनमा पेट्रोल र डिजलको मूल्यमा २ देखि ४ रुपैयाँसम्म घटनसक्ने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्