युवतीहरुका लागि मात्रः कतै तपाइमा सेक्स एडिक्सन त छैन ?

यौन चाहना हुनु सामान्य नै हो । यो प्राकृतिक क्रिया पनि हो । हाम्रो शरीरले उमेरको विकाससँगै यौन सम्बन्ध खोजेको हुन्छ । हाम्रो हुकाई, सामाजिक संस्कार, हाम्रो जीवनशैलीले निर्माण हुने हाम्रो मनोविज्ञानले यसलाई सालिन र मर्यादित बनाएको हुन्छ ।

तर कतिपय अवस्थामा हामीभित्र निकै यौन चाहना पलाउँछ । यो केही अवस्थामा भने अस्वभाविक नै हुन्छ ।

बारम्बार यौनको विचार आउनु या यौन भनेपछि फरक खालको अनुभूति आउने अवस्था सेक्स एडिक्सन हो । यसलाई मनोवैज्ञानिक समस्याका रुपमा लिइन्छ ।

पुरुषहरुको मष्तिष्कमा महिलाको तुलनामा बढी सेक्ससम्बन्धी विचार खेल्ने अध्ययनहरुले बताएका छन् । तर महिलाहरुमा समेत यसप्रकारको अवस्था आउन सक्छ ।

सामान्यरुपमा यौन चाहना हुनु र एडिक्सनकै चरणमा पुग्नु फरक कुरा हो । तपाईलाई सामान्य यौन चाहना मात्रै हुन्छ र तपाईले यसलाई जुनसुकै अवस्थामा पनि नियन्त्रण गर्न सक्नुहुन्छ भने यो प्राकृतिक हो । तर तल उल्लेख गरिएका लक्षण देखिए भनेचाहिँ तपाईले गम्भीर समीक्षा गरी आफूलाई परिवर्तन गर्नेतर्फ ध्यान दिनु उपयुक्त हुन्छ ।

सेक्स एडिक्सनका लक्षणहरु :

– राम्रो केटा देख्ने बित्तिकै यौन चाहना हुनु l

-परिचय भएको २/४ दिनमा नै केटा संग आबश्यक भन्दा बेसी नजिक हुनु l

-सामाजिक संजाल मार्फत अत्याधिक केटाहरु संग बोल्नु तथा सोच्नु र नयाँ नयाँ केटा खोज्नु l

-केटाहरुले भेट्न बोलाउने बित्तीकै खुसि खुसि उनीहरुले भनेको ठाउँ मा जानु l

-बारम्बार सेक्सको बारेमा ध्यान जानु अनि केटाहरुको अगाडि आफुलाई नियन्त्रण गर्न नसक्नु l

-मदिरापान गरे पछि यौनको आशक्ति भएर अपरचित केटा संग नजिक हुनु र यौन ब्यबाहार दर्शाउनु l

-सामाजिक संजालमा धेरै भन्दा धेरै यौन गतिबिधि पढ्नु, हेर्नु  l

– यौनजन्य बिचार वा ब्यवहार नियन्त्रण गर्न बारम्बार प्रयास गर्दा पनि सक्नु हुन्न वा असफल भैरहनु भए ।

– अरुको मनस्थिति वा आफ्नै समेत शारीरिक वा भावनात्मक अवस्था ख्याल नगरी जतिबेला पनि यौनजन्य गतिवधि गर्न खोज्नु हुन्छ भने ।

– इज्जतको समेत ख्याल नगरेर यौनिक क्रियाकलापमा उत्रिन थाल्नु  ।

– सेक्सको क्षमता भए पनि नभएपनि जतिबेला पनि दिमागमा सेक्स सम्बन्धी बिचार आउनु वा यस्ता गतिविधीका लागि उद्दत रहनु

– तपाइँ निराश भएको बेला, तनाव हुँदा वा दिक्क लाग्दा सेक्स बारे कल्पना गर्नु हुन्छ वा त्यसका लागि कदम नै चाल्नु हुन्छ भने

– महत्वपूर्ण काम गरिरहेको समयमा वा परीक्षाका लागि पढिरहेको समयमा समेत यौनजन्य बिचारले दुःख दिन्छन् वा यौन जन्य गतिविधी गर्नु हुन्छ भने यो पनि त्यसकै लक्षण हो । जुन कुरा यौन सम्बन्धी छैन त्यसमा समेत यौनिक विषय जोड्ने मनस्थितिमा पुग्नुलाई सेक्स एडिक्सन भनिन्छ ।

– यदि तपाइँ अपरिचित ब्यक्तिसँग पनि यौनजन्य गतिविधी गर्न वा पैसा तिर्न समेत तयार हुनु भने पनि सम्झिनुस् तपाइँमा समस्या छ । निकटसँग यौनजन्य ब्यवहार स्वभाविक हो तर अपरिचितसँग पनि उस्तै बिचार आउन थाल्नु सेक्स एडिक्सनको संकेत हो ।

कमेन्ट गर्नुहोस्