एक्सनमा उर्जामन्त्रीः सचिवसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले मन्त्रालयका सचिवहरुसंग कार्यसम्पादन सम्झौता गरेका छन् । केहीदिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसंग समयवद्ध तालिकाअनुसार परिणाम निस्कनेगरी काम गर्ने सम्झौता गरेजस्तै मन्त्री पुनले पनि मन्त्रालय मातहतका तीन सचिवसंग सम्झौता गरेका हुन् ।

बिहीबार अपरान्ह मन्त्रालयमा आयोजित उर्जा तथा जलस्रोत मन्त्रालयको तेस्रो चौमासिक समिक्षा कार्यक्रमकै क्रममा मन्त्री पुनले सचिवहरु डा. सञ्जय शर्मा(सिंचाई), दिनेशकुमार घिमिरे (उर्जा) र रमेश सिंह (जल तथा उर्जा आयोग) संग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सो क्रममा मन्त्री पुनले उर्जा तथा सिंचाई मन्त्रालयलाई अन्य मन्त्रालयभन्दा अग्रणी, परिणाममुखि, र सु–शासनयुक्त हुनेगरी बेलैमा काम नसके आफूले जुनसुकै बेला एक्सन लिने चेतावनी दिए ।  मन्त्री पुनले भने–‘तालिकाबद्ध काम गर्नुपर्छ । अनिमात्रै परिणाम आउँछ । त्यसैले प्रधानमन्त्री ज्युले मन्त्रीहरुसंग सम्झौता गर्नुभएको छ । हामी त्यसमा प्रतिबद्ध छौं । मैलै सचिव ज्युहरुसंग सम्झौता गरेँ ।

याे पनि पढ्नुस  पहिले पार्टी एकताको मार्गचित्र, अनि सरकार गठन : वर्षमान पुन

सम्बन्धका हिसाबले  नजिक वा टाढा हुनु अब गौण कुरा भयो । जसले परिणाम निकाल्न सक्छ, त्यो मन्त्रालयमा रहन्छ, जसले परिणाम दिन सक्दैन त्यो जति नै नजिक भएपछि संगै रहन सक्दैन् ।’ पाँच वर्षका लागि बनेको सरकार र पाँच वर्षे अवधिका लागि मन्त्रीहरुले मन्त्रालय सम्हालेपनि परिणाममुखि काम गर्न नसके जुनसुकै बेला फेरिने अवस्था रहेको बताउँदै मन्त्री पुनले भने–‘यो सरकरको नयाँ कार्यशैली हो ।

याे पनि पढ्नुस  बम र हतियारले फाइदा गर्दैन नेता पुन

अब सम्बन्धहरु परिणामका आधारमा स्थापित हुन्छन् । जनताले अनुमोदन गरेकाले नेकपाको चुनावी घोषणापत्र जनताको घोषणपत्र बनेको छ, सरकारको प्राथमिकता पनि त्यही हो । राज्यका सबै निकायले नेकपाको सो घोषणापत्रलाई सफल बनाउन विधिसंवत ढंगले कार्यसम्पादन गर्नुपर्दछ ।’ मन्त्री पुनले हरेक महिना आफ्नो मन्त्रालय मातहतको समिक्षा गर्ने जानकारी दिँदै सचिवहरुलाई समेत आफू मातहतका निकायसंग हरेक १५ दिनमा समिक्षा गर्न निर्देशन दिए ।

याे पनि पढ्नुस  निवर्तमान सभामुख ओनसरी घर्ती दम्पतीबाट मतदान

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको तेस्रो चौमासिक समिक्षाका क्रममा मन्त्री पुनले भने–‘समयमै परिणाम र सु–शासन मन्त्रालयको प्राथमिकता हो । आगामी समिक्षामा हाम्रो मन्त्रालय अन्य मन्त्रालयको तुलनामा एक नम्बर हुनपर्छ । पछिल्लो चरणमा इन्जिनियरहरु भ्रष्ट्राचारमा मुछिएको खबरहरु धेरै आइरहेका छन् । यसमा तपाँईहरु चनाखो हुनुहोला ।’ चौमासिक समिक्षामा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रीपरिषदका प्रतिनिधि, मन्त्रालय मातहतका सचिव, सहसचिव, विभाग प्रमुख लगायतको उपस्थिति थियो ।

समाचारदैनिकमा प्रकाशित समाचार साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्