जापानको नारितामा निगमले असोजदेखि उडान भर्ने

काठमाडौं, साउन १६ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । असोज महीनादेखि चार्टर्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो।

निगमले नारिता विमानस्थलमा दुई वटामात्र चार्टर्ड उडान अनुमति पाएको छ । वाइडबडी ए–३३० जहाजमार्फत ओसाका र नारिता उडान गरिनेछ । निगमले नारितामा नियमित उडानका लागि सबै कागजी प्रक्रिया पूरा गरिसकेको छ । यो गन्तव्यमा सातामा तीन दिन उडान गर्ने निगमको योजना छ ।

नारिता जापानको राजधानी टोकियो प्रवेश गर्ने मुख्य हवाई प्रवेशद्वार मानिन्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्