एशेज टेष्टः खेल शुरु हुनुअघि इंग्ल्याण्ड क्रिकेटरको कार दुर्घटना

काठमाडौं, साउन १६ । इंग्ल्याण्ड र अष्ट्रेलियाबीच बिहिबार टेष्ट खेल शुरु भएको छ । योसँगै इंग्ल्याण्डका खेलाडी एण्डरसनका बारेमा समेत समाचार सार्वजनिक भएको छ । खेल शुरु हुनुभन्दा केही समय अगाडि मात्रै इंग्ल्याण्ड क्रिकेट टीमका तीब्र गतिका बलर जेम्स एण्डरसनको कार दुर्घटना भएको छ ।

होटलको बाहिर कार राखेको बेला कसैले उनको कारमा ठक्कर हानेको हो । सौभाग्यकको कुरा, एण्डरसन भने घाइते भएका छैनन् । कार दुर्घटना भएपनि उनले खेल्न भने छोडेनन । उनले नै डेभिड वार्नरको विकेट समेत लिन सफल भए ।

यदि उनी कारमा नै भएको भए यो क्रिकेट इतिहासकै ठूलो दुर्घटना हुन सक्थ्यो । तर संयोगले उनी कारमा नभएको बेला अर्को गाडीले उनको कारमा ठक्कर दिएको हो ।

३७ वर्षीय एण्डरसनको अष्ट्रेलियाविरुद्ध टेष्ट खेलमा राम्रो प्रदर्शन रहँदै आएको छ । उनले अहिलेसम्म अष्ट्रेलियाविरुद्ध सय बढी विकेट लिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्