रिक्त ५० स्थानमा मंसिर १४ गते उप निर्वाचन गर्न आयोगको सिफारिस

काठमाडौँ, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका निर्वाचन क्षेत्रमा आगामी मसिंर १४ गते शनिबार निर्वाचन गराउन निर्वाचन आयोगले सिफारिस गरेको छ । राजनीतिक दलहरुसँग छलफल गरेपछि आयोगले सरकारलाई राय दिएको हो ।

आयोगको रायका आधारमा सरकारले यसबारेमा निर्णय गर्नेछ ।

तीनवटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव छ। प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्। तीनवतै तहको निर्वाचन २०७४ सालमा भएको थियो।

स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान छ। सरकारले स्थानीय तहको मिति तोकेपछि सोही दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने गरी मिति तोक्ने आयोगको तयारी छ।

कमेन्ट गर्नुहोस्