Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कमाण्डरकै शैलीमा उर्जामन्त्रीको गर्जन– दायाँबायाँ जान्दिन, परिणाम दिनुस् नत्र…

काठमाडौं । उर्जा मन्त्री वर्षमान पुनले कार्ययोजना बमोजिम काम गर्न नसक्ने हो भने विदा लिन कर्मचारीलाई चेतावनी दिएका छन् ।

बहाना बनाएर उम्किने प्रवृत्तिप्रति लक्षित गर्दै मन्त्री पुनले कर्मचारीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट गरे ।

मन्त्री पुनले हरेक महिना मन्त्रालयमा समिक्षा वैठक राखेर कामको प्रगती विवरण लिने घोषणा गरे ।

‘चिनेका साथी भाई हुन् काम गरिहाल्छन् नी भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले अधिकृतभन्दा माथिका कर्मचारीलाई सचिव,मन्त्री वा विभागिय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन दिए ।

कागजमा निर्देशन दिने र प्रगती देखाउने प्रवृतिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर काम कार्वाही बुझ्न र परिणाममुखी काम गर्न उहांले सम्बन्धीत कार्यालय प्रमुखहरुको ध्यानआकर्षण गराए ।

मन्त्री पुनले सोही कार्यक्रममा सचिवसँग कार्यसम्पादन सम्झौता नै गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: