ट्याक्सीमा छुटेको साढे २ लाख रकम फिर्ता

काठमाडौं, साउन १६ । आजभोलि धेरैले भन्ने गर्छन मानिसमा ईमान्दारिता अनि मानवत भन्ने त हराउँदै गएको छ । यो कुरा गलत नै भन्न त यसै सकिने रहेनछ । कसैमा मानवता अनि ईमान्दारिता दुवै हुने गर्छ । हाे यस्तै असल मानिस राजधानीमै भेटिएका छन् ।

याे पनि पढ्नुस  कार्यालय सहयोगीले गरिन् मालपोतमा भेटेको ५ लाख फिर्ता

उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ । उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।

याे पनि पढ्नुस  नयाँ ट्याक्सीको दर्ता खुल्दै

खड्का आज बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफैं पैसा फिर्ता गर्न महाशाखा आएका थिए । चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरे । नेपाल समाचारपत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्