जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

लमजुङ, साउन १६ । मस्र्याङदी गाउँपालिका ४ घर भएकी राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थिति भएकी महिलामाथि जबर्जस्ती करणी भएको स्थानीयले बताएका छन् ।

२८ वर्षीया ती महिलालाई करणी गरेको आरोपमा प्रहरीले धादिङको रुबीभ्याली गाउँपालिका ६ खादिङ घर भएका मस्र्याङ्दी गाउँपालिका ४ ताघ्रिङमा बस्दैआएका ३३ वर्षीय पहलमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

याे पनि पढ्नुस  ३५ किलो गाँजासहित तीनजना युवक पक्राउ

मंगलबार अपरान्ह ४ बजे घरमा बसिरहेकी अवस्थामा ती महिलालाई तामाङले करणी गरेको आरोप लागेको छ ।घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थलबाटै ती आरोपी युवकलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले युवकविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरेको बताए ।

याे पनि पढ्नुस  ३५ किलो गाँजासहित तीनजना युवक पक्राउ

जिल्ला अदालतबाट दशदिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए । राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थिति भएकी महिलाले आफूमाथि जबर्जस्ती करणी भएको बताएको प्रहरीले जनाएको छ । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्