शहिद भीमदत्त पन्तलाई सम्झदा

को थिए भीम दत्त पन्त ?

नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन । उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीम दत्त पन्त नै थिए ।

कसरी आन्दोलनको शुरुवात गरे ?
अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीम दत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाइ भीम दत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे । कसैलाइ भीम दत्त पन्तले कारवाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस् भन्ने पनि चलन थियो । गरीब दलित जनजाती किशानहरुलाई संगठीत गरि राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रह्यो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको ब्यवहार उनलाई मन परेन् । उनले क्रान्ति पुरा भएको छैन भनी राणासित मिलेर बनाएको सरकारको बिरोध गरे ।

परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगाजका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए । दक्षिण भारत पाजावका एक जना विद्वान कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए । भान्सामा दलितहरुलाई सहभागि गराउन थाले । किशानहरुलाई बेदखल गर्ने उनीहरुको नाममा जाली तमसुख बनाउने श्रमशोषण गर्ने ठालुहरुलाई कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस ब्यवहारबाट कुडिएका ठालुहरु उनलाई पागल भन्थे । पछि भीमदत्त आफै पनि ठालुहरुलाई परिचय दिंदा पागल पन्त भन्ने गर्थे ।

काँग्रेससित बैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले । केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए । उनले भन्ने गर्थे म अहिले जे गर्दैछु भोली यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति बिरोध गर्ने र कारवाही गर्नेमा मात्र सिमित थिएन । गरीबहरु संगठित हुनुपर्छ । अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए ।

कस्तो दुःख भोगे भीमदत्तले ?
क्रान्तिमा लागेकाले भीमदत्त घरको काममा समय दिन सक्दैनथे । गाउँका ठालुहरु सबै बिरोधी थिए । घरको जिम्मेवारी धर्मपत्नि पार्वती पन्तकै हुन्थ्यो । नावालक दुई छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यस पश्चात पनि घरको प्रवाह नगरी क्रान्तिमै लागि रहे । दुबै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षेत्रीको छोरीसित अर्को बिवाह गरे । कान्छी श्रीमतिबाट छोरी जन्मिईन । उनको पनि ७र८ वर्षकै हुँदा मृत्यु भयो । छोरीको मृत्युपछि कान्छि श्रीमतिले अर्को बिवाह गरिन । भीम दत्तका बिरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट बिचलित भएनन । उनले गरीबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मन परेको थिएन । यहीबेला अन्याय बिरुद्ध संगठित भई लड्ने उद्घोषका साथ २००९ बैशाख २ गते डडेल्धुराको घटालथानमा भेला बोलाए । गाउँका ठूला ठालुहरुलाइ अनिवार्य उपस्थित हुन उर्दि जारी गरे । सबैलाई जय दाशको हातको पानी खान लगाए ।

भीम दत्तले गरेको आन्दोलनः
गरीबहरुलाई संगठित गर्न भीमदत्त गाउँ भ्रमण गर्न जान्थे । सुदुरपश्चिम र मध्यपश्चिमका अधिकाँश जिल्लाहरुमा भ्रमण गर्दा गरीबहरुले नुन समेत खान नपाएको थाहा पाएर नुन आन्दोलनको घोषणा गरे । काचनपुरको ब्रहमदेवमा भएको गोदामबाट गरीबहरुलाइ नुन कपडा बितरण गरे । यस घटनाका दिन गरीबहरुको ठूलो जनमासले भीमदत्त पन्तको स्वागत गरी भीमदत्त पन्त जिन्दावाद भनी नाराबाजी गरे ।

यहीबेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगाज पुर्याइयो । भागेर ज्यान बचाइ काचनपुर आए । धेरै जनालाई महाकालीमा फाले । त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो बुवालाई तपाई पनि सामन्त हो भनी घरमा भएका तमसुखहरु च्याते । बिष्टहरुको घरमा भएका तमसुखहरु संकलन गरी बोरीमा हालेर जलाइदिए । मालअड्डामा भएका मूठहरु जलाइ दिए । त्यसपछि बडाहाकिम मोहन बहादुर िसंहलाई हटाएर आफु बडाहाकिम भइ बसे । क्रान्तिमा सहयोग गर्नेहरुलाइ कर्मचारी बनाए । चार महिनासम्म उनले शासन चलाए ।

ुकि त जोत हलो, कि त छोड थलो- यदि हैन भने अब छैन भलो भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरे । बेलौरीमा बैक कब्जा गरि त्यहाँबाट लिएको पैसा सेनालाई तलव दिएर बाँकी रहेको मध्ये कमैया र हलियाहरुलाई सहयोग गरे । उठ जाग रे नेपाली नवजवान जाग रे । नेपालमा तम म नेपाल देशलाई स्वतन्त्र बनाँउ रे । भन्ने उहाँको देशभक्ति गीत प्राथना थियो । बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो गरीबका दिन अया ठालुको काल आयो । उहाँको चर्चित गीत थियो । यसबाट बुझ्न सकिन्छ कि भीमदत्त पन्त देशलाई स्वतन्त्र बनाउने । गरीबहरुलाई ठालुहरुको कब्जाबाट मुक्त गराउने अभियान थिए ।

कसरी भयो भीमदत्तमाथि दमन ?
भीमदत्त पन्तले गरीबको पक्षमा गरेको काम नै गाउँका ठालुहरुलाई मन परेको थिएन । त्यसमाथि दलितहरुको घरमा खाना खाने तमसुख जलाउने बेदखली गर्नेलाई कारवाही गर्ने ब्यवहारले उनका बिरोधी बढ्दै गएका थिए । सरकारी अड्डाले उनको बिषयमा झुट्टा रिपोर्ट सरकारलाई पठाउँथे भने ठालुहरु गाउँमै षडयन्त्र गरिरहेका हुन्थे । उनीहरुले भीमदत्तलाई मार्न चन्दा उठाएर सेनाको श्रीनाथ गणलाइ पैसा समेत दिए ।

सरकारले भीमदत्त पन्तलाई पटक पटक जेल हाल्यो । त्यसबाट पनि भीमदत्त बिचलित नभएपछि मार्ने षडयन्त्र गरि भारतीय सेना समेत बोलायो । भीमदत्त पन्त बेलौरी कब्जा गरि धनगढी कब्जा गर्ने तयारी साथ हिडिरहेका बेला भारतीय सेनाले घेरामा पार्यो । चारैतिर भारतीय सेनाले घेरको र पानी परी हिलो भएकाले भाग्न र प्रतिकार गर्न कठिनाई थियो । त्यस अवस्थामा पनि भीमदत्त त्यहाँबाट बच्न सफल भई केही सेनाका साथ निगाली सहजपुर हुँदै बुडर पुगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सेना मारिए । २०१० साल साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरको घरमा खाना पकाउन गोल हानियो । मलाई पक्राउ गर । गोली नहान भन्दा मानेनन । गाली लागि छटपटाईरहेका बेला भीम दियालले उनको टाउको काटि दिए । टाउको लगेर बडाहाकिम मोहन बहादुर सिंहलाई बुझाईयो । काटेको टाउको बाँसको टुप्पोमा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो ।

काजक्रियाका लागि पार्वती पन्त टाउको माग्न जाँदा दिएन । गाउँमा काजक्रिया गर्न बाहुन पाईएन । क्रिया पनि गर्न दिईएन । पानीको नाउलो छुट्याइयो । गौरा अलग गरियो । उनको परिवारलाई मेलापर्व मन्दिर पानीपधेरोबाट बिाचत गरियो । गाउँमा क्रिया गर्न समेत नपाईने भएपछि ४० तोलाको कल्ली २२ रुपयाँ तोला सुन घरमा भएका भाँडाकुँडा बेचेर पार्वती पन्त भीम दत्तका भाइ सिद्धराज पन्त र यदुनाथ पन्तले हरिद्वार गई काजक्रिया गरे ।

भीम दत्त पन्तले सम्मान पाएननः
बिशेष गरि नेपालका कम्युनिष्ट पार्टीहले भीम दत्त पन्तलाई आफ्नो आदर्श मान्दै आएका छन । कम्युनिष्ट पार्टीकै नेतृत्वमा धेरै पटक सरकार बने । कसैले पनि भीमदत्तलाई औपचारिक रुपमा शहिद घोषणा गर्ने आँट गर्न सकेनन । नेताहरु सडकमा हुँदा गरीबलाई सम्झिने र सिंहदरबार गईसकेपछि ठूलाबडाकै पक्षमा जाने संस्कार भएकै कारणले भीमदत्तलाई पनि बिसे्रका हुन सक्छन अर्कोतिर दलहरुमा आदर्श भन्दा सत्ता साँटगाँठलाई महत्व दिने प्रबृति बढेको र किशानलाई उपेक्षा गर्दै आएकाले पनि भीमदत्त पन्तले सम्मान पाएनन भन्न सकिन्छ । यसो भन्दा भीमदत्तलाई शहिद घोषणा गरेर मात्र सम्मान भएको मान्न सकिदैन । सच्चा सम्मान गरेको तव मानिने छ जव उनले उठाएको सम्बोधन हुनेछ । किशानले जग्गा पाउनेछन । पीछडिएका जाती समुदायले न्याय पाउनेछन । गरीबलाई खाना बास सुरक्षा शिक्षा उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीमदत्त पन्तलाई सम्मान गर्नु हो ।

कमेन्ट गर्नुहोस्