कार्यालय प्रमुखसँग नगरप्रमुखको कार्यसम्पादन सम्झौता

कञ्चनपुर, साउन १७ गते । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखसित विहीबार कार्यसम्पादन सम्झौता गरेका छन् ।

नगरपालिका कार्यालयमा नगरप्रमुख विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । नगरपालिकाकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन हस्ताक्षर गरिएको सम्झौतापत्रमा प्रमुख प्रशासकीय अधिकृतका लागि १५ बुँदे काम, कर्तव्य, उत्तरदायित्व र अधिकार तोकिएको छ ।

सम्झौतापत्रमा दैनिक प्रशासनिक कार्यसम्पादन गर्ने, सभा र कार्यपालिकाको सचिव भई काम गर्ने, वार्षिक कार्यक्रम, बजेट तर्जुमा कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्न लगाउने, आर्थिक कारोवार अभिलेख दुरुस्त राख्न लगाउने, लेखा परीक्षण गराउने र बेरुजु फछ्र्योट गर्न लगाउने बुँदा समावेश गरिएका छन् ।

यसैगरी, आयोजनाको फरफारकका लागि प्रतिवेदन तयारी गरी कार्यपालिका बैठकमा पेश गर्ने, कार्यालयको सम्पत्ति संरक्षण गर्ने, लगत राख्ने र अद्यावधिक गर्ने गराउने, कार्यपालिका बैठक तथा नगरसभाका एजेण्डा तयार गर्ने, नगरप्रमुखको निर्देशनमा कार्यपालिका बैठक बोलाउने तथा आवश्यक कार्य गर्ने गराउने र कार्यपालिका बैठक तथा सभाका निर्णय तथा निर्देशनहरु कार्यान्वयन गर्नेलागयतका कार्य सम्झौतापत्रमा उल्लेख गरिएका छन् ।

याे पनि पढ्नुस  भरतपुर विमानस्थलमा आइपुगे आधुनिक ७ वटा बारुणयन्त्र

सम्झौताअनुसार प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका बैठकको निर्णय प्रमाणित गर्ने, सभा र कार्यपालिका निर्णयको अभिलेख सुरक्षित राख्ने, न्यायिक समितिबाट भएका मिलापत्र र निर्णयको मिसिल संरक्षण गर्ने, नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने, वार्षिक खरीद योजनासम्बन्धी कार्य गर्ने, कार्यालयको आवश्यकताअनुसार कार्य विवरणसहित कर्मचारी दरबन्दी सिर्जनाका लागि प्रस्ताव तयार गर्ने कार्य गर्ने जिम्मेवारी दिइएको छ ।

याे पनि पढ्नुस  पर्यटनमन्त्री भट्टराईले भने, ‘भरतपुर विमानस्थल विस्तारका लागि अब बैठक होइन, काम हुन्छ’

नगरप्रमुख विष्टले कार्यसम्पादन सम्झौताले नगरपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको बताए । उनले सम्झौतापछि कार्यालय प्रमुखले शाखा प्रमुख र शाखा प्रमुखले उपशाखा प्रमुखसित कार्यसम्पादन सम्झौता गर्नुपर्ने बताए ।

गौरा महोत्वस आयोजना हुने

सुदूरपश्चिम क्षेत्रको कला, साहित्य र संस्कृति संरक्षणमा लामो सयमदेखि क्रियाशील रहेको महाकाली साहित्य सङ्गमले आगामी भदौ ४ गतेदेखि कञ्चनपुरको भीमदत्तनगरमा गौरा महोत्सवको आयोजना गर्ने भएको छ । भदौ ४ गते विरुडा पञ्चमीका दिनदेखि महोत्सवको आयोजना हुने भएको हो । गौरा महोत्सवलाई व्यवस्थितरूपमा आयोजना गर्न सङ्गमका केन्द्रीय अध्यक्ष हरिशप्रसाद जोशीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

याे पनि पढ्नुस  डेंगुलाई महामारीको रुप लिन दिन्नौँः महानगर प्रमुख दाहाल

महोत्सवमा सुदूरपश्चिमको पहिचान झल्कने झाँकी, हुडकेली, छलिया र परम्परागत पहिरन प्रदर्शन गरिनेछन् । यसको व्यवस्थापनका लागि सङ्गमका उपाध्यक्ष चीना नेपालीको संयोजकत्वमा उपसमिति गठन गरिएको अध्यक्ष जोशीले जानकारी दिए । गौरा महोत्सवमा ठाडोखेल (ढोल्ङया खेल) औल्याखेल डेउडा (पुरुष महिला) हुडकेली, छलिया, नृत्य गीत गायन (भगनेउला, रतेडा, चाचरी, बैरा) सगुन मङ्गलाचरणलगायतका लोक सांस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछन् ।

सुदूरपश्चिमको इतिहास झल्काउने पुरातात्विक वस्तुको प्रदर्शनीसँगै लोकबाजा, परम्परागत वेषभूषा, ताम्रपत्र, सुदूरपश्चिमको कला, संस्कृति, साहित्य र इतिहासका पुस्तक महोत्सवमा प्रदर्शनीमा राखिने छन् । सङ्गमले प्रत्येक वर्ष गौरा पर्वका बेला लोक संस्कृति जगेर्ना गर्न महोत्सव अयोजना गर्दै आएको छ । रासस

कमेन्ट गर्नुहोस्