अचम्मः चीनले बनायो बोलीबाट नियन्त्रण गर्न सकिने साइकल

बेइजिङ । चीनको शिंगुआ विश्वविद्यालया वैज्ञानिकहरुले आवाजबाट नियन्त्रण गर्न सकिने साइकल बनाएका छन् । आर्टिफिसियल इन्टेलिजेन्सबाट साइकलमा लागेको भ्वाइस एसिष्टेन्ट एलेक्सबाट बोल्दा मात्रै साइकलको गति घटबढ गर्न सकिन्छ ।

यसमा दायाँ बायाँ मोडनका लागि पनि आवाज दिए पुग्छ । यति मात्रै होइन, बाटोमा कुनै अवरोध भए या स्पीड बढी भएपनि यसले अलर्ट गर्ने गर्छ भने सन्तुलन बनाउने काम पनि स्वतः हुने गर्दछ ।

शोधकर्ताका अनुसार, साइकलको पछिल्लो पाङ्ग्रामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई चीप) जडान गरिएको छ । बाटोमा आउने अवरोधका लागि क्यामेरा फिट गरिएको छ । माइक्रोफोनको मददबाट साइकल चलाउने मान्छेको आवाजबाट यो कन्ट्रोल हुने गर्दछ । अधिक स्पीड हुँदा यसमा लागेको सेंसरले त्यसको जानकारी दिने गर्दछ ।

नेचर जर्नलमा प्रकाशित आलेख अनुसार, यो साइकल एकदेशबाट अर्को देशसम्म यात्रा गर्न उत्कृष्ट हुन सक्छ । किनभने यसले अगाडिको मानिस चिन्नेदेखि एउटा सिधा लाइनमा हिंडन सक्छ । साइकलले सडकमा ट्राफिक संकेत पनि बुझ्ने भएकोले लामो दूरीका लागि यो साइकल निकै राम्रो हुनसक्ने बताइएको छ ।
….

कमेन्ट गर्नुहोस्