अमेरिकाद्वारा पाक सेनालाई १३ अर्ब सैन्य सहायता दिने निर्णयमा भारतको आपत्ती, साउथ ब्लकले बोलायो राजदूत

नयाँ दिल्ली । अमेरिकाले पाकिस्तानी सेनालाई १३ अर्ब भन्दा बढी (१२.५ करोड डलर) को सहायता दिने निर्णयमा भारतले आपत्ती व्यक्त गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले यो विषयमा दिल्लीस्थित अमेरिकी राजदूत र वाशिंगटनमा ट्रम्प प्रशासन सामु समेत आपत्ती व्यक्त गरिएको बताए ।

अमेरिकी राजदूतलाई साउथ ब्लकमा बोलाएर यसमा बिरोध व्यक्त गरिएको हो । अमेरिकी रक्षा विभाग पेन्टागनले गत हप्ता पाकिस्तानका एफ १६ फाइटर विमानको निगरानीका लागि १३ अर्ब बढी सहयोग दिने कुरा संसदलाई जानकारी गराएको थियो ।

कमेन्ट गर्नुहोस्