अचम्मः ७ वर्षको मुखबाट डाक्टरले निकाले ५२६ दाँत

नयाँ दिल्ली । चेन्नईमा एउटा पत्यार नै नलाग्ने घटना सार्वजनिक भएको छ । चेन्नईका एकजना ७ वर्षीय बालकको मुखबाट डाक्टरहरुले करिब ५ सय २६ दाँत निकालेका छन् ।

पत्रिकामा प्रकाशित समाचार अनुसार, यो दुर्लभ समस्या भएका बालकको दायाँ बंगारामा सुन्निने समस्या थियो । मेडिकल जाँचमा मुखभित्र ४ बाई ३ सेमीको ट्युमर भएको पत्ता लाग्यो ।

डा सेथलनाथनका अनुसार, यो कम्पाउण्ड कम्पोजित ओनडोन्टोम नामक बिरामी थियो ।

बच्चाको एक्सरे र सिटी स्क्यान गर्दा ट्युमरभित्र कैयन साना साना अल्पविकसित दाँत देखिए । त्यसपछि ढिलो नगरी डाक्टरहरुले सर्जरी गरे । “हामीले अप्रेसन गरेर बच्चाको मुखबाट साना, मध्यम र ठूला आकारका जम्मा ५२६ दाँत निकाल्यौं ।” सेन्थिल नाथनले भने । सर्जरी गर्न पुरै पाँच घण्टा लागेको थियो ।

अहिले बच्चाको अवस्थामा सामान्य छ । सर्जरीपछि बच्चाको मुखमा २१ वटा दाँत मात्रै बाँकी रहेका छन् । डाक्टरहरुले फेरी दाँत निस्किने सम्भावना निकै कम भएको बताएका छन् । यो कसरी भयो भन्ने कुरा भने उनीहरुले पनि भन्न सकेका छैनन् ।

चिकित्सा इतिहासमा कुनै बच्चाको मुखबाट ५२६ दाँत निकालेको यो पहिलो सर्जरी घटना भएको छ ।

कमेन्ट गर्नुहोस्