मेलम्चीको पाइप सफा गर्ने क्रममा २ जनाको मृत्यु

काठमाडौं, साउन १७ । बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । पाइप सफा गर्ने क्रममा बिहान साढे ९ बजेतिर सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको मृत्यु भएको बालाजु प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  मेलम्चीका पीडित श्रमिक मजदूर र मन्त्रालयबीच सहमति, आन्दोलन स्थगित

पाइप सफा गर्ने क्रममा निसास्सिएर बेहोस भएका दुवैजनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।

ज्यान गुमाएका दुवै जना दाजुभाइ भएको अनुमान गरिए पनि पुष्टि भने भइनसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्