Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एनआरएन एनसीसी कतारको अध्यक्षमा मुक्तदाको उम्मेदवारी घोषणा

दोहा, साउन १७ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१९–०२१ कार्यकालको लागि मुक्तदा मुसलमानले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

कतारमा लामो समयदेखि व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय रहेका मुसलमानले बिहीबार साँझ एक कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

मुसलमान एनआरएनए एनसीसी कतारको सल्लाहकार तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्ष सहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।

घोषणा कार्यक्रममा गैरआवासीय नेपाली संघका पुर्व उपाध्यक्ष एव मानार्थ सदस्य टिबी कार्की, गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कमलमणि गुरागाइ, एनआरएन ए आइसिसी सदस्य बिमल सुवेदी, एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल, नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनीकुमार वली, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका सहमहामन्त्री केदार भुसाल, नेपाली समाज कतारको अध्यक्ष देव परियार, प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष रामहरि गैह्रे, प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष दिल किरण खजुम, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलि मिया, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इन्जिनियर अहुब हक, नेपाल पत्रकार महासङ्ग कतार शाखाका अध्यक्ष करिम बक्स मिया, नेपाली महिला समाजका उपाध्यक्ष अमिना खान, प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, प्रदेश नम्बर ३ समन्वय परिषद कतारका महासचिव कविन्द्र कंडेल लगाएतले शुभकामना मन्तव्य राख्दै निरन्तर समाज सेवामा खटने मुक्तदा अध्यक्ष पदको सहि उम्मेदवार रहेको भन्दै विजयी गराउन आग्रह गरे ।

कार्यक्रमको संचालन प्रभात त्रीपाठीले गरेका थिए ।  गैरआवासीय नेपाली संघ कतारको २०१९–०२१ कार्यकालको लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका मुसलमान प्रतिबद्धता यस्तो छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: