Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जुट मिलको कुनै शेयर लिएको छैन– राहुल महरा

काठमाडौं, साउन १७ । नेकपाका युवा नेता तथा सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महराले बिराटनगर जुट मिलको कुनै पनि शेयर आफुसँग नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत विज्ञप्ती जारी गर्दै महराले मिडियामा प्रचार गरिएको विषयले परिवारलाई बदनाम गर्न खोजेको भन्दै यसबारेमा गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गरेका छन् । नयाँ पत्रिका दैनिकमा बिराटनगरको जुट मिल डुबाएर ६९ विगाहा जग्गा हत्याउने षडयन्त्र भन्दै राहुल र उनका दाजुको नाम जोडेको थियो ।
पढनुस महराको विज्ञप्ती-

नयाँ पत्रिका दैनिकमा प्रकाशित ञजुटमिल डुबाएर ६९ बिघा जग्गा हत्याउने षड्यन्त्रमा सभामुखदेखि प्रमुख निर्वाचन आयुक्तसम्मझ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालका ठूला दैनिक अखबारहरूमध्ये एक अखबारको रूपमा रहेको नयाँ पत्रिका दैनिकले यथार्थ र गहिराइमा नपुगी सम्माननीय सभामुखज्यूको समेत नाम जोडेर लेखेको समाचारले मलाई निकै दुखित बनाएको छ ।

२ बर्ष अगाडि विराटनगर जुट मिलको पब्लिक शेयर खुल्दा साधारणतर्फको ८ हजार रुपैयाँ बराबरको मैले र सोही परिमाणको दाजु निर्मलले शेयर लिन फारम भरेर बुझाएका थियौं । शुरूमा जुन प्रक्रियामा शेयरका लागि निवेदन दिएका थियौं, पछि जुटमिलको कुनै शेयर नलिने भनी दुवै भाइले प्रक्रियागत रूपमै उक्त शेयर फिर्ता गरिसकेको प्रष्ट पार्न चाहन्छु ।
दुई वर्ष पहिलेको विषयलाई उचालेर अहिले सभामुखज्यूको समेत नाम जोडेर जुन किसिमले जग्गा हडप्ने र जुटमिल डुबाउने षड्यन्त्र गरेको भन्ने गम्भीर आरोप लगाइएको छ, यो सरासर गलत र निन्दनीय छ । यो गलत समाचार लेखेररछापेर हामीलाई बदनाम गर्ने काम भएको छ, यसबाट हाम्रो जीवन र परिवारमाथि परेको पीडा र क्षतिको पूर्ति कतैबाट पनि हुन सक्दैन ।

देशकै ठूलो र पुरानो राष्ट्रिय उद्योगको जग्गा हडप्न खोज्ने बिषय गम्भीर हो, यदि कसैले त्यस्तो बदमासी गरिरहेको छ भने त्यसको गम्भीरतापूर्वक अनुसन्धान गरि लेख्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।
राहुल महरा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: