मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई कामदारको मृत्यु

काठमाडौं, मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई कामदारको मृत्यु भएको छ । पाइप सफा गर्ने क्रममा निसास्सिएर शुक्रबार बिहान १० बजे बालाजुमा दुई मजदुरको मृत्यु भएको काठमाडौं महानगरीय परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए।

मृत्यु हुनेमा २५ वर्षीय साह र २० वर्षीय शिवराम साह रहेका छन् । दुवै जना सप्तरीका हुन् । पाइपमा बेहोस भएका उनीहरुलाई उद्धार गरी महारागन्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको मत्यु भएको एसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्