बाजुरामा एकैघरका आमा र छोरीको मृत्यु, गाउँमा थप त्रास

बाजुरा, साउन १७ । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६, बसालाको शान्तिटोलमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तिटोलका एकैघरका आमा र छोरी रहेका छन् ।

पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  वर्षाले तोड्यो भारतमा ७५ वर्ष पुरानो रेकर्ड

राति करिब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ । पहिरोमा परी थप पाँच घाइते भएका छन् ।

घाइते हुनेमा ९० वर्षीय जंगे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन् । जंगे चदाराको गौमुल गाउँपालिकाको घटमुना सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ ।

याे पनि पढ्नुस  वडा सचिव र शिक्षक जुवा खालमा भेटिएपछि...

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडासदस्य प्रेम विकले जानकरी दिए ।

थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरीचौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ ।

जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन् । रासस

याे पनि पढ्नुस  बाजुरेलीका पीडाः झोलुङ्गे पुलमाथि नदी, त्यसैमा यात्रा गर्नुपर्ने बाध्यता

कमेन्ट गर्नुहोस्