यो देशमा हुँदैछ ‘खतरों के खिलाडी’ को दसौं संस्करण

काठमाडौँ, साउन १६ । भारतीय लोकप्रिय टिभी रियालिटी सो ‘खतरों क्व खिलाडी’ को दसौं संस्करण चाँडै सुरु हुन गैरहेको छ । प्रत्येक वर्ष नयाँ चुनौतीका साथ सामना गर्ने नयाँ नयाँ प्रतियोगीहरूका साथ प्रस्तुत हुने यस कार्यक्रममा यस पटक पनि थुप्रै सेलेब्रिटीहरूको सहभागिता रहने आयोजकले बताएको छ ।

यस संस्करणमा ‘सो’लाई प्रसिद्ध बलिउड फिल्म निर्देशक रोहित सेट्टीले ‘होस्ट’ गर्ने भएका छन् । सेट्टीले पछिल्ला चार सिजन पनि होस्ट गरिसकेका छन् । ‘सो’को गत सिजनको छायांकन अर्जेन्टिनामा भएको थियो । यस पटकको छायांकन बुल्गेरियामा हुने बताइएको छ ।

कार्यक्रमको सुटिङका लागि सबै प्रतियोगीहरू बुल्गेरिया पुगिसकेका छन् । धेरैलाई पत्रकारहरूले मुम्बई विमानस्थलमा भेट्टाएका थिए भने कतिपयले आफ्ना इन्स्टाग्राम अकाउन्टमा आफू बुल्गेरियाका तस्बिरहरू साझा गरेका छन् ।

यस संस्करणकोप प्रसारण आउने वर्षको जन्युअरीमा हुने बताइएको छ । यस सिजनमा केही पुराना र केही नयाँ प्रतियोगीहरू रहेका छन् । यस पटकका केही प्रतियोगीहरूमा अदा खान, करिश्मा तन्ना, शिवीं नारंग, करण पटेल, बलराज सयाल, मलिस्का, रानी चटर्जी, धर्मश येलंदे, अमृता खानविलकर र तेजश्वी प्रकाश रहेका छन् ।

प्रत्येक वर्ष बिग बोसपछि प्रसारण हुने यो कार्यक्रमको टीआरपी शिर्षमा रहने गरेको छ । पछिल्लो वर्षको कार्यक्रमक विजेता पुनित पाठक थिए भने उपविजेता आदित्य नारायण रहेका ।

कमेन्ट गर्नुहोस्