कश्मिर मुद्द्दामा अमेरिका आवश्यक छैन– विदेशमन्त्री जयशंकर

बैंकक । कश्मिर मुद्दामा अमेरिकी मध्यस्थताको प्रस्ताव फेरी भारतले अस्वीकार गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका मध्यस्थताका लागि तयार रहेको कुरा फेरी दोहोर्याएपछि भारतका विदेश मन्त्री एस जयशंकरले बिरोध जनाएका हुन् ।

जयशंकरले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोसँग भारतले अमेरिकालाई वार्तामा आवश्यक नठानेको स्पष्ट गरेका हुन । भाषा समाचार एजेन्सीका अनुसार, जयशंकरले वार्ता भए पाकिस्तानसँग मात्र हुने बताएका छन् ।

याे पनि पढ्नुस  भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, प्रधानमन्त्रीलाई आजै भेट्ने

जयशंकर यतिखेर आसियानको मन्त्रीस्तरीय बैठकमा भाग लिने क्रममा थाइल्याण्डको बैंककमा रहेको छन् । जयशंकरले नवौं पूर्वी एशिया शिखर सम्मेलन अघि पोम्पियोसँग भेट गरेका हुन ।

कमेन्ट गर्नुहोस्