Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमन र अलिशा मोडल हन्ट नेपाल जनकपुर घोषित

काठमाडौं, साउन १७ । अमन शाह र अलिशा रजक ‘मोडल हन्ट नेपाल जनकपुर २०१९’ घोषित भएका छन् ।

३६ प्रतियोगिलाई पछि पार्दै दुबैले उपाधि चुमेका हुन् । अमन पुरुषतर्फको विजेता बन्दा अलिशा महिलातर्फको विजेता बन्न सफल भइन् । विजेता सबैले नगद रु १ लाख नगदसहित मोडल हन्ट नेपालमा सहभागीको अवसर प्राप्त गरेका छन् ।

जनकपुरको उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न प्रतियोगितामा कार्यक्रममा नितेश सिंह र अमित शाह पुरुषतर्फ क्रमशः फष्ट एण्ड सेकेन्ड रनरअप घोषित हुँदा महिलातर्फ त्रिशना थापा फष्ट रनर अप र नेहा शर्मा सेकेन्ड रनर अप घोषित भएका थिए ।

नेष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमला, अभिनेत्री मोडल सृजना रेग्मी, रुस्का श्रेष्ठ वरिष्ठ ब्युटिसियन तथा उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी लगायत निर्णायक रहेको प्रतियोगितामा पुरुषतर्फ राहुल झा मोष्ट ट्यालेन्ट, सन्तोष शाह बेष्ट वाक, राधव जयसवाल मष्ट डिसिप्लेन, सुभाष ठाकुर मष्ट पपुलर, नितेश सिंह पब्लिक च्वाइस्, आशिष ठाकुर सोशल रेस्पोन्सिवल, अमित शाह बेष्ट फिजिक र कमर्सियल मोडल, नितेश सिंह फोटोजेनिक, ऋषि आनन्द चौधरी मस्ट स्टाइलिस, जस्टिन देवकोट मिष्टर कन्जिनेटल्ली, बेष्ट पर्शनालिटी सत्रोहन शर्मा घोषित भए ।

त्यस्तै महिलातर्फ त्रिशना थापा मोष्ट ट्यालेन्ट, अमिसा फुयाल बेष्ट वाक, प्रियान्सु शाह मष्ट डिसिप्लेन, पब्लिक च्वाइस् र सोशल रेस्पोन्सिवल नुपुर सरकारा मष्ट पपुलर, अलिशा रजक बेष्ट फिजिक र कर्मसियल मोडल, प्रिंन्की यादव फोटोजेनिक र मिस कन्जिनेटल्ली, इशा शाह बेष्ट पर्शनालिटी घोषित भए ।

विक्रम आदित्य महासेठ क्षेत्रिय निर्देशक रहेको प्रतियोगिता ‘मोडल हन्ट नेपाल’ मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाउँदै फेसन तथा मोडलिङ जगतमा नयाँ आयामको शुरुवात गर्ने उदेश्यले आयोजना हँुदै आएको नेष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमलाले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: