नेता मल्लको आक्रोशः के हामी युद्धमा नमरेको यस्तै समाचार सुन्न र कार्वाही भोग्न हो?

काठमाडौं । नेपाली सेनाले पूर्व माओवादी लडाकु शक्ति गुरुङलाई जेलफसजाय सुनाएपछि पूर्व माओवादी पंक्ति ओक्राेशित बनेकाे छ ।

माओवादी ओन्दाेलनमा याेगदान दिएकाहरुले गुरुङलाई जेल सजाय लाेकतन्त्रकाे उपहास भन्दै फैसला सच्च्याउन समेत माग गरेका छन् ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले याे निर्णय नसच्चिए सबै याेद्दाहरुले गम्भीर भएर साेच्नुपर्ने बताएका छन् ।

गुरुङलाई जेल सजाय भएकाे समाचार र जनमुक्ति सेनामा उनकाे परिचयपत्रकाे तस्वीर राख्दै मल्लले लेखेका छन्:

यो समाचारले एकपटक गम्भीर र लज्जित बनायो । के हामी युद्धमा नमारिनु यस्तै समाचार सुन्न र यस्तै कार्बाही भोग्नलाई हो ?

सामन्ती राजतन्त्र र त्यसको रक्षाकवज शाही नेपाली सेनाबाट बिद्रोह गरि गणतन्त्र प्राप्तिको लागि लडेका योद्धालाई संघिय गणतन्त्र नेपालको नेपाली सेना जसमा जनमुक्ति सेनाको समायोजन समेत भएको छ ।

उहिलेका नियम कानुन देखाएर बिस्तृत शान्ति सम्झौता देखी परिवर्तनका सबै आयामलाई प्रभावित गर्ने गरि यस्तो निर्णय गर्न मिल्छ ?

के ती योद्धाको विरताले प्राप्त गणतन्त्रका शासक यस्ता घटनालाई टुलुटुलु हेरेर बस्छन् या यस्लाई सच्च्याउने चेष्टा गर्छन ?

यदि यी प्रश्नहरुको न्यायोचित जवाफ मिल्दैन भने हामीले परिस्थितिको गम्भीर समिक्षा गरि अघि बढ्नु पर्दछ । म सबै योद्धाहरुमा अपिल गर्दछु ।

मैले फेरि पनि भन्छु “मैले बुझेको नेपाली सेना राष्ट्रको रक्षाकवच हो । संविधानको पालक हो । परिवर्तनको साधन हो । र, हो जनप्रतिनिधिमुलक संस्थाको निर्णय र निर्देशनमा काम गर्ने देश र जनताको सच्चा सेवक ।”

नेपाली समाजको रुपान्तरणको दिशामा जनताको मतप्रतिको सेनाको प्रतिबद्धताप्रति पनि म सम्म्मान गर्दछु ।

तर जनमुक्ति अभियानमा लामवद्द भैसकेर इतिहासको युगान्तकारी परिवर्तनमा योगदान गरेका योद्धालाई अपराधी करार आजको राज्यले गर्न सक्छ कसरी ?

तुरुन्त खारेज गरियोस् ती निर्णय र आदेस, जसले आलै रहेको रगतको आहाल र परिवर्तनको प्रवाहलाई अपमानित गर्छन ।

कमेन्ट गर्नुहोस्