नख्खु कारागारमा दुई कैदीबीच झडप हुँदा एकको मृत्यु

काठमाडौं, साउन १७ । ललितपुरको नख्खु कारागारमा दुई कैदीबीच झडप हुँदा एकजनाको ज्यान गएको छ।

कारागारका जेलर वेदप्रकाश अर्यालका अनुसार मृत्यु हुने कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका पूर्णबहादुर राजी हुन् । पवनकुमार महतोले सिमेन्ट ब्लकले हान्दा राजीको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  घाइते प्रहरीको मृत्यु

राजीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका दुइ कैदीबीच सरसफाइको विषयमा भनाभन पछि हात हालाहाल भएको थियो ।

शुक्रबार बिहान दुई पक्षबीच हानाहान भएको थियो । मानसिक समस्या भएका मृतक राजी बर्दियाका हुन् । उनको हत्या गर्ने महतो कर्तव्य ज्यान मुद्दामा कारागार जीवन बिताइरहेका व्यक्ति हुन् ।

कमेन्ट गर्नुहोस्