Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सीपीएलः को–को छन् सन्दीपको टिममा स्टार क्रिकेटर?

काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने यो संस्करणमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडस ट्राइडेन्टसमा आवद्ध छन् ।

यो सिजनमा सन्दीपलाई बार्बाडसले पाँचौ राउन्डमा अनुबन्ध गरेको  हाे । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर (करिव ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् । यो पटक सन्दीपको टोलीमा को-को खेलाडी छन्? हेर्नुस्-

बार्बाडस टिमः एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली, वाहब रियाज, सन्दीप लामिछाने, जोसन चाल्स, साई होप, एश्ले नर्स, इमाद वासिम, जोनाथन कार्टर, केमर होल्डर, रोशन प्रिमिअस, रेमोन प्रिमियर, जुस्टिन ग्रेभिस, जोश्वा विश्वप, ह्यादिन वाल्स र लिंको बोउचर ।

यो संस्करणको सीपीएल ड्राफ्टमा नेपालका सन्दीप सहित युवा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका थिए । सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा हुनेछ । सन्दीपले अघिल्लो सिजनपनि सीपीएल खेलेका थिए । उनले अघिल्लो संस्करणमा सेन्टकिट्स एण्ड नेभिस प्याट्रियट्सबाट ५ खेलमा सात विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: