‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को प्रसारण मिति सार्वजनिक

काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो संस्करण प्रसारण मिति सार्वजनिक गरिएको छ । यो पटकको संस्करण यही साउन ३१ गतेबाट सार्वजनिक हुने भएको हो।

यो पटक ‘द भ्वाइस अफ नेपाल’ हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार प्रसारण हुनेछ। सो राती ८ बजेदेखि ९ बजेसम्म चल्नेछ। आयोजकका अनुसार २२ हजार आवेदकबाट छानिएका करिव १ सय गायकगायिकाले कोचहरुसामु प्रस्तुति दिएका छन्।

कार्यक्रमको यो सिजनमा दुईजना कोच परिर्वतन भएका छन्। राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिनेछन्।

कमेन्ट गर्नुहोस्