शरीरमा क्याल्सियम बढी हुँदा हुन सक्छन् यी समस्या

काठमाडौँ, साउन १६ । शरीरका लागि अत्यावश्यक खनिज तत्त्वमध्ये क्याल्सियम पनि एक हो । क्याल्सियमको कमीले हाडहरू कमजोर हुन्छन् र यसले गर्दा दाँत र नङको विकास समेत प्रभावित हुने गर्दछ । त्यसै कारण धेरैले आफ्ना बच्चाहरूलाई क्याल्सियमयुक्त तयारी पूरक खाद्य पदार्थ दिने गर्दछन् ताकि उनीहरूका हाडहरू बलिया होउन ।

तर शरीरमा क्याल्सियमको कमीले मात्रै होइन यसको आधिक्यले पनि समस्या ल्याउँछ भन्ने कुरा भने धेरैलाई थाहा हुन सकेको छैन । भोजनमा यसको आधिक्यले निम्न पाँच बेफाइदा रहेका छन्:

१. क्याल्सिमिया: रगतमा क्याल्सियमको अधिकताले क्याल्सिमिया नामको रोग लाग्ने गर्दछ । यस स्थितिमा पाराथाइराइड ग्रन्थि प्रभावित हुने गर्दछ र यसको क्रियान्वयनमा समस्या आउने गर्दछ ।

२. हाड भाँचिने समस्या:  सुन्दा अचम्म लाग्न सक्छ तर क्याल्सियमको अधिकाताले हाडहरू सजिलै भाँचिने समस्या देखा पर्न सक्छ । यसको प्रमुख कारण शरीरमा अधिक भएको क्याल्सियमले फस्फेटसँग प्रतिक्रिया गरेर तिनलाई कठोर बनाइदिन्छ र हाडहरू सजिलै भाँचिने हुन सक्छन् । त्यसका साथै यसले हाडहरू बाङ्गिन सक्ने समस्या देखिन्छ ।

३. म्याग्नेसियमको कमी:  शरीरमा क्याल्सियमको कमीले म्याग्नेसियमको कमी देखा पर्न सक्छ । यसो हुनु हाडहरूका लागि मात्र नभई समग्र स्वास्थ्यकै लागि समेत हानिकारक हुन सक्छ ।

४. भिटामिन डीको आवश्यकता: भिटामिन डीले क्याल्सियम अवशोषित गर्न सहयोग गर्ने गर्दछ । यदि शरीरमा क्याल्सियमको बधाइएको मात्राको अनुपातमा भिटामिन डीको आपूर्ति पनि बढाइएन भने यसले खासै फाइदा गर्दैन बरू हाडहरूइ अपेक्षाकृत सजिलै भाँचिन सक्छन् ।

५. मृगौलाको पत्थरी: शरीरमा क्याल्सियमको अधिकताले हाडहरूलाई फाइदा हुनुको साटो मृगौलाको पत्थरीको समस्या देखा पर्न सक्छ । त्यसका साथै यसले मस्तिष्कसम्बन्धी समस्याहरू समेत देखा पर्न सक्छन् ।

कमेन्ट गर्नुहोस्